Logo

प्रधानमन्त्रीसँग सहमति गरेर नै मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरिएको हो : वेदुराम भुषाल



काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरिएको खुलासा गरेका छन् । आज (सोमबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले मन्त्रीहरु हेरफेरबारे पार्टीभित्र र फेरिन लागेका मन्त्रीहरुसँग पनि छलफल गरिएको खुलासा गरे । पार्टीले निर्णय गरिसकेकोले प्रधानमन्त्री देउवाले तत्काल नयाँ सिफारिश गरिएका मन्त्रीहरुलाई नियुक्त गरी सपथ गराउनुपर्नेमा उनको जोड छ । आज विहान पनि सत्ता गठबन्धनको बैठक बसेको थियो ।

उक्त बैठकमा पार्टीले सिफारिश गरेबमोजिम निर्णय गर्न अध्यक्ष माधव नेपालले दबाब दिएको कुरा बाहिर आएको थियो । तर, फिर्ता बोलाउन लागिएका मन्त्रीहरुले पार्टी निर्णयलाई चूनौति दिँदै तत्काल फिर्ता नहुने भन्दै सोहीअनुसार प्रधानमन्त्री देउवासामू लविङ गरेपछि अहिले विवाद सिर्जना भएको छ । प्रधानमन्त्री देउवासँग सहमति गरेर मन्त्रीहरु हेरफेर गर्ने निर्णय गर्दा पनि अहिले निर्णय कार्यान्वयनमा भने प्रधानमन्त्री उदासिन देखिएकोमा उनले आक्रोश पोखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot