Logo

मधेश प्रदेशमा एमालेमा प्रवेशको लहर



काठमाडौं, २४ जेठ । पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लहर चलेको छ। संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को लागेको हो । विभिन्न पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् ।

हिजो (सोमबार) एमाले मुख्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र संगठन विभागक़ा पदाधिकारी पूर्वमन्त्री भानुभक्त ढकाललगायतको उपस्थितिमा धनुषा क्षेत्र नम्बर मुखियापट्टी मुसरणिया, रूपैठा एवम् देवपुरा, जनकपुरधाम उपमहानगरका विभिन्न वडाका विभिन्न समुदायका अगुवाहरु बिभिन्न दल परित्याग गरि एमाले प्रवेश गरेका हुन् । उनीहरु पार्टीका सल्लाहकार समितिका सदस्य ईन्जिनियर भगवान झाको समन्वयमा एमाले प्रवेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्