Logo

चीनमा शिक्षित बेरोजगार बढेपछि विश्वविद्यालयहरुमा प्रदर्शन



एजेन्सी, २४ जेठ । चीनमा शिक्षित बेरोजगार बढेका छन् । विभिन्न शहरका विश्वविद्यालय र कलेजमा बेरोजगार बढेपछि प्रदर्शनहरु भएका छन् ।
प्रदर्शन भएका मध्ये तियानजिन विश्वविद्यालयमा प्रदर्शन र धर्ना भएको छ । उनीहरुले कर्मचारीतन्त्रको विरोध गरे ।

नान्काई विश्वविद्यालयमा पनि प्रदर्शन भयो । बेइजिङ नर्मल विश्वविद्यालय, चाइना युनिभर्सिटी अफ पोलिटिकर साइन्स एन्ड ल, पेकिङ विश्वविद्यालयमा पनि प्रदर्शनहरु भएका छन् । शिक्षितहरु बेरोजगार भएर प्रदर्शनमा उत्रिएपछि चिनियाँ कम्युनिस्ट पार्टी नै शतर्क भएको छ ।

चीनमा कोरोना भाइरसको महामारीका क्रममा गरिएको लकडाउनले समस्या ल्याएको छ । उद्योग बन्द भएको कारण बेरोजगारी झन् बढेको छ । जसका कारण बेरोजगारी र सामाजिक अस्थिरता बढेको छ ।

चीनमा सन् २०२२ मा मात्र १ करोड ७ लाख ६० हजार स्नातक तह उत्तीर्ण भइसकेका छन् । यति ठूलो संख्यामा शिक्षित उत्पादन भएपछि ६.१ प्रतिशतले बेरोजगारी बढेको अप्रिलको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot