Logo

पाकिस्तानका प्रधानमन्त्री शेहवाजका छोरा हमजाविरुद्ध पक्राउ पूर्जी मागियो



एजेन्सी, २४ जेठ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफका छोरा हमजा सेहवाजविरुद्ध पक्राऊ पूर्जी जारी गर्न अदालतमा अनुमती मागिएको छ । पाकिस्तानको फेडरल इन्भेष्टिगेसन एजेन्सीले कालो धनलाई सेतो बनाएको अभियोगमा अनुसन्धानका लागि पक्राऊ पूर्जी जारी गर्न खोजिएको हो ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री समेत रहेका हमजामाथि १६ अर्ब पाकिस्तानी रुपैयाँ कालो धनलाई सेतो बनाएको आरोप छ । तर, अदालतले अन्तरिम धरौटीको अवधि लम्ब्याएको छ । हमजाले भने आरोपको खण्डन गरेका छन् ।

हालैमात्र शेहवाज प्रधानमन्त्री बनेका हुन् । तर, सत्तामा पुगेलगत्तै उनको छोरा सरकारी निकायकै तारोमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्