Logo

घट्यो सुन र चाँदीको मूल्य



काठमाडौं, जेठ २४ । नेपाली बजारमा आज सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य १२९० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्