Logo

कुशवाहाको कुटपिटबाट मुत्यु, कुटपिटमा संलग्न पक्राउ



बारा, २४ जेठ । आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् । किशोरी कुशवाहा, रामप्रवेश महतो र सोही ठाउँ बस्ने ५० वर्षीय हिरामण कुशवाहा समेतले जग्गा नाप्ने विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका प्रभु कुशवाहाको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरी र राम प्रवेशलाई प्रहरीले पक्राउ गर्नुका साथै हाल फरार हिरामणको खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्