Logo

लिलावतीलाई कुटपिट गर्ने बढई पक्राउ



बाँके,२४ जेठ । नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गुप्ताको कुटपिटबाट मृत्यु भएपछि सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्