Logo

नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप गरेको छैन् : भाजपा नेता जोली (भिडिओसहित)



काठमाडौं, २५ जेठ । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपाल र भारत दुई देशबीचको सम्बन्ध हिजो पनि ठिक रहेको, आजपनि ठीक रहेको र भोलिका दिनमा पनि ठिक रहने दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भारतले सधैं नेपाललाई शक्तिशाली र विकाससील भएको हेर्न चाहेको पनि उनको भनाई छ । उनले भारतले सँधैं नेपालसँग सुमधुर सम्बन्ध बनाएर राख्न चाहेको स्मरण गराए ।

उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पनि नेपाल भारत सम्बन्ध अटुट र प्रगाढ रहने विश्वास दिलाए । नेपालको विकास भए यसको लाभ भारतले पनि पाउने उनको भनाई छ । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्