Logo

तालिवानको राजमा महिलामाथि यो हदसम्मको ज्यादती



एजेन्सी, २५ जेठ । अफगानिस्तान यतिबेला इस्लामिक अतिवादी समूह तालिवानको हातमा छ । त्यहाँ सबैभन्दा बढी महिलामाथि अत्याचार भइरहेको छ । ६ कक्षाभन्दा माथि महिलालाई विद्यालय जान रोक लगाइएको छ । प्राथमिक शिक्षाभन्दा माथिका छात्रा विद्यालय बन्द छन् ।

महिलालाई हिजाब अनिवार्य गरिएको छ । उनीहरु घरभित्रै बस्न वाध्य तुल्याइएका छन् । महिलाहरु धेरैको जागिर खोसिएको छ ।

विद्यालय जान नपाएकाहरुको बाल्यकालमा जर्बजस्ती विवाहको वाध्यकारी अवस्था बनाइएको छ । यतिसम्मकी अध्यापन गराउने महिलाहरुको जागिर धमाधम खोस्न थालिएको छ ।

हालैमात्र अफगानिस्तानको बडकासन विश्वविद्यालयका ३ जना महिला लेक्चररको जागिर खोसिएको छ । उनीहरु १० महिना देखि जागिरमा नआएको भन्दै हटाइएको टोलो न्यूजले लेखेको छ । तर, तालिवानले शासन सत्ता लिएपछि महिलामाथि कडाई गरिएको र शैक्षिक संस्था समेत लामो समय अवरुद्ध भए ।

महिला अध्यापकहरुको बर्खास्तीले थप समस्या ल्याउने विषय उठ्न थालेको छ । विशेषगरी महिला शिक्षामा अवरोध आउने विषय उठेको हो ।
महिलाको मानवअधिकार हननको विषयमा संयुक्त राष्ट्रसंघले पनि बोलिरहेको छ । अन्य प्रतिष्ठित संघसंस्थाले पनि तालिवानको महिलाप्रतिको कार्यशैलीको विरोध गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्