Logo

विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी एमाले प्रवेश



काठमाडौं, जेठ २५ । धनुषाको निर्वाचन क्षेत्र नं ३ का विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य ई भगवान झा को पहलमा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकिकृत समाजवादी ) पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेकाहरुलाई पार्टी मुख्यालय च्यासलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र संगठन बिभागका पदाधिकारी भानुभक्त जोशीले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्