Logo

सोनियादेखि शाहरुखसम्म कोरोना संक्रमित, मुम्बईमा ६ दिनमा संक्रमितको संख्या दोब्बर



एजेन्सी, २५ जेठ । कांग्रेस अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धीसँगै बलिउड कलाकारहरु शाहरुख खान, कार्तिक आर्यन र कट्रिना कैफलगायत धेरै चर्चित सेलिब्रेटीहरू कोरोना संक्रमित भएका छन् ।

सोनिया कोरोनाका कारण मनी लान्ड्रिङ मुद्दामा सोधपुछका लागि ईडीमा उपस्थित हुन सकिनन् । भारतमा फेरि एकपटक कोरोनाले संक्रमितको संख्या बढीरहेको छ।

तीन महिनापछि भारतमा एक सातामा २५ हजारभन्दा बढी नयाँ बिरामी फेला परेको रेकर्ड छ । गत हप्ता कोरोना संक्रमित ४५ प्रतिशतले बढेको हो । यस अवधिमा महाराष्ट्र र केरलामा सबैभन्दा धेरै केसहरू बढेका छन्।

यस्तो अवस्थामा फेरि एकपटक महाराष्ट्र र केरला कोरोनाको केन्द्र बनेका छन् । यसअघि पनि महाराष्ट्र र केरलाबाट कोरोनाको दोस्रो लहर सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्