Logo

हंगेरीलाई हराउँदै इटाली शिर्ष स्थानमा



एजेन्सी । युईएफए नेसन्स लिग एमा युरो च्याम्पियन इटालीले जीत निकालेको छ । मंगलबार राति भएको खेलमा हंगेरीलाई २-१ गोलले पराजित गर्दै इटाली समूहको शिर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालीलाई जीत दिलाउन निकोलो बारेला र लोरेन्जो पेलेग्रिनीले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा स्पिनाजोलाको पासमा बारेलाले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा पोलिटानोको पासमा पेलेग्रिनीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।

६१ औं मिनेटमा गिअंलुका मान्चिनीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि हंगेरीले खेलमा फर्किने प्रयास गरेको थियो । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली २-१ गोलले विजयी भयो ।

जीतसँगै इटाली २ खेलबाट ४ अंक जोड्दै समूह ३ को शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको हंगेरी दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्