Logo

रुस–युक्रेन युद्ध : ३० लाख बालबालिका शिक्षाबाट वञ्चित, रुसद्धारा ११३ युक्रेनी गिर्जाघर ध्वस्त



एजेन्सी, २५ जेठ । युक्रेन र रुस युद्ध भएको १०० दिनभन्दा बढी भइसकेको छ । यति हुँदाहुँदै पनि मिल्ने सम्भावना देखिएको छैन । रुस र युक्रेनबीचको युद्धले आम जनतालाई नराम्रो असर पारेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार ३० लाख बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । रुसले धार्मिक स्थलहरूलाई पनि लगातार निशाना बनाउँदै आएको छ । रुसी आक्रमणबाट युक्रेनका ११३ गिर्जाघर ध्वस्त भएका छन् ।

मारियुपोलको अजोभस्टल स्टिल प्लान्टमा फसेका युक्रेनी सैनिकहरूले रुसी सेनासमक्ष आत्मसमर्पण गरेका छन्। अब यी सैनिकलाई रुस पठाइने जानकारी आएको छ । युक्रेनी मिडियाका अनुसार करिब १ हजार सैनिक रुस पठाइएको छ ।

सेभेरोडनेत्स्कको कम्तीमा ७० प्रतिशत भूभाग रुसी नियन्त्रणमा रहेको बताइएको छ। तर, युक्रेनी सेनाले यसलाई अस्वीकार गर्दै आएको छ । युक्रेनले यहाँ युद्ध चलिरहेको बताएको छ ।

रक्षामन्त्री सर्गेई शोइगुले पुटिनको आदेशमा गहुँ आपूर्ति गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति पुटिनले युक्रेनको बन्दरगाहमा जहाजहरू पुग्न दिन खानीहरू हटाउनु पर्ने बताएका छन्।

प्रत्येक जहाजलाई हाम्रो सेनाले जाँच गर्नेछ र ती मार्फत हतियार ढुवानी भइरहेको छैन भनेर सन्तुष्ट भएपछि जहाजहरूलाई बन्दरगाहमा जान दिइनेछ।



प्रतिक्रिया दिनुहोस्