Logo

‘मण्डलेहरुको अराजक गतिविधि बन्द गर’ भन्दै चार विद्यार्थी संगठन सडकमा (फोटोफिचर)



काठमाडौं, जेठ २५ । अमृत साइन्स क्याम्पसका उप–प्रध्यापक दिवाकर पाण्डेलाई अनेरास्ववियु क्याम्पस इकाईका सचिव पंकज पाण्डेले कुटपिट गरेको भन्दै विभिन्न चार विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् ।

विद्यार्थी कल्याणकारी तथा खेलकुद विभाग प्रमुखसमेत रहेका क्याम्पस उप–प्रमुख पाण्डेलाई अनेरास्ववियु सह–सचिव पाण्डेले कुरा गर्ने बहानामा कक्षाकोठामा लगेर कुटपिट गरेको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् ।
अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संगठन, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन र अखिल क्रान्तिकारीले उप–प्रध्यापकमाथी गुन्डागर्दी शैलीमा भएको कुटपिटले क्यापस भित्र कोही सुरक्षित नरहेको भन्दै विरोध जनाएका छन् ।

उप–प्रध्यापकमाथीको कुटपिट अराजक गतिविधि भएको जनाउँदै विद्यार्थी संगठनले क्याम्पसको शैक्षिक वातावरणलाई खलल पु¥याएको र कुटपिटमा संलग्न पाण्डेलाई तुरुन्त कानुनी कारबाहिमा ल्याउनसमेत माग गरेका छन् ।

‘क्याम्पसमा विगत महिनौ देखि भइरहेको तालकाबन्दीले क्याम्पस र विद्यार्थीको नियमित गतिविधिमासमेत असर भईरहेको’ जारी विज्ञप्तिमा उल्लेख छ । यसरी क्याम्पसलाई लामो समयदेखि अनिर्णयको बन्दी बनाउनेगरि गरिएको तालाबन्दीको तत्काल समाधान खोज्नसमेत विद्यार्थी संगठनले क्याम्पस प्रसाशनसंग माग गरेका छन् । विद्यार्थीहरुले गरेको विरोधका कारण विहान लैनचौर क्षेत्रको सवारी आवागमनसमेत केहि समय अवरोध भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot