Logo

दार्चुलामा एकल महिलाको हत्या



काठमाडौं, २५ जेठ । दार्चुलामा एक एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।

महिलाको घरको नजिकै खरको लुटोमा आगो लगाएर हत्या भएको जनाइएको छ । प्रहरीको अनुसार डढेको अवस्थामा महिलाको शव भेटिएको हो ।

उनका श्रीमानको निधन भइसकेको छ । महिलाका २ छोरी र १ छोरा छन् । घटना पत्ता लगाउन २ जनालाई पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा गाउँकै बीरेन्द्र खडायत र तुला खडायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्