Logo

टोल्स्टोयको विश्वप्रशिद्ध पुस्तक वार एन्ड पिस युक्रेनद्वारा प्रतिबन्ध



एजेन्सी, २५ जेठ । लियो टोल्सटोयको विश्वप्रशित पुस्तक वार एन्ड पिसमाथि युक्रेनले प्रतिबन्ध लगाएको छ । मङ्गलबार युक्रेनको शिक्षा मन्त्रालयले टोल्सटोयको अन्य पुस्तक पनि प्रतिबन्धको घोषणा गरेको हो ।

यसअघि युक्रेन युद्ध अघि नै रुसका साहित्यकारका कतिपय शास्त्रीय पुस्तकहरुमाथि पनि प्रतिबन्ध लगाइसकेको छ । अब युक्रेनको विद्यालयलगायत शैक्षिक संघ संस्थाहरुमा टोल्यसटोयको वार एन्ड पिस र अन्य पुस्तकहरु पठनपाठन हुनेछैन ।

युक्रेनका सहायक शिक्षामन्त्री एन्ड्रे भिट्रेन्कोले टिभी च्यानल युक्रेन ट्वेन्टी फोको अन्तवार्तमा वार एन्ड पिसलगायत टोल्यटोयको कतिपय कृतिहरु विदेशी साहित्यको पाठ्यक्रमबाट हटाइएको बताए । अझै पनि पाठ्यक्रमबाट कतिपय पुस्तकहरु हटाउने सूचीहरु तयार भइरहेको समेत बताए ।

टोल्सटोय आफै पनि युक्रेनको युद्ध लडेका थिए । युद्धका प्रत्यक्ष भुक्तभोगी उनले नेपोलियनको युगमा रुसी साम्राज्यको अवस्थालाई समेटेर कृति सृजना गरेका थिए । विभिन्न शृंखलामा सुरुमा प्रकाशित वार एन्ड पिस पछि समेटेर एउटै पुस्तक बनाइएको थियो । सन् १८६५ देखि १८६७ बीच शृंखलावद्ध रुपमा लेखिएको पुस्तकमा फ्रान्सले रुसमाथि आक्रमण गरेपछि जार कालीन समाजलाई पाँचवटा रुसी उच्च परिवारमार्फत् प्रस्तुत गरिएको छ ।

टोल्सटोयले वार एन्ड पिसलाई उपन्यास नभई कविता पनि कम र ऐतिहासिक दस्तावेज पनि कम भनेका छन् । तर, युक्रेन सरकारले वार एन्ड पिसले रुसको इतिहासको गौरवगाथा प्रस्तुत गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्