Logo

गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी भएको सांसद अधिकारीको आरोप (भिडिओसहित)



काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति जनाए । त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्