Logo

काठमाडौंबाट गएका फोहोरका गाडीलाई आज पनि अवरोध



काठमाडौं, २५ जेठ । आज पनि काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको अनुसार आज पनि स्थानीय बासिन्दाहरुले फोहोर फाल्नमा अवरोध गरेपछि फोहोर बोकेका गाडीहरु रोकिएका हुन् ।

सोमबार मन्त्रालय, महानगर र स्थानीयबीच सहमति भएपनि मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । हिजो १४ जना पक्राउ पनि परेका थिए । महानगरले प्रहरी लगाएर भएपनि हिजो फोहोर विसर्जन गरेको थियो ।

काठमाडौंमा डेढ साताअघि देखि फोहोर उठ्न सकेको छैन् । दुर्गन्ध बढीरहेको छ। File Photo



प्रतिक्रिया दिनुहोस्