Logo

पौडेलको छोरी संज्ञाको अवस्था के छ



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी उपचाररत छोरी संज्ञा पोखरेललाई भेट्न कांग्रेस नेता डा.शेखर कोइराला अस्पताल पुगेका छन् ।

नेता कोइराला बुधबार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पोखरेलको स्वास्थ्य अवस्था बुझ्न पुगेको उनका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको अवस्था गम्भीर छ ।

पोखरेलको अहिले ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको दायाँ तर्फको खुट्टाको दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ।



प्रतिक्रिया दिनुहोस्