Logo

मौसमका कारण काठमाडौं आएका दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट



काठमाडौं, २५ जेठ । मौसम अनुकुल नभएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्। त्यसरी भारततर्फ डाईभर्ट भएका विमान भने इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्स रहेका छन् । ती दुवै जहाज भारतको लखनउ डाइभर्ट भएका हुन् ।

त्यस्तै, जापानबाट आएका नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स पनि आज मौसमकै कारण आकाशमै होल्ड भएका थिए । ती दुवै जहाज करिब एक घन्टाको होल्ड पछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेका थिए । मौसम प्रतिकुल भएपछि आज अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान प्रभावित बनेको थियो ।-file photo



प्रतिक्रिया दिनुहोस्