Logo

तीन समिति तीन महिनादेखि सभापति विहीन



काठमाडौं, जेठ २६ । राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि त्यतिबेला कार्यकाल समाप्त हुँदा समिति सभापतिविहीन भएका हुन् ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, प्रत्यायो जित व्यवस्थापन तथा सरकारी आश्वासन, विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिबाहेकमा सभापति पद रिक्त छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले समितिका सभापतिको निर्वाचन तयारीका लागि कुनै निर्णय नभएको बताए । मिनी संसद्का रूपमा र हने संसदीय समिति रिक्त हुँदा समितिका छलफल र काम प्रभावित भएका छन् । गोरखात्र दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्