Logo

दुइ महिनादेखि वन्धक बनाएर सामुहिक बलात्कार



चितवन, जेठ २६ । दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

घलानले पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुइ महिनादेखि बलात्कार गर्दै आइरहेका प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ ।

काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।

दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनको भाउजुको भनाई छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्