Logo

मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रुहरु बिचैमा अलपत्र



चितवन, जेठ २६ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्