Logo

नेपालद्वारा मलेसिया २५ रनले पराजित



काठमाडौं, जेठ २६। आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। बिहिबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो।

नेपालले दिएको ८७ रनको अल्क्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ६१ रन मात्र बनाएको थियो। मलेसियाका लागि धनुश्री मुहूनानले सर्बाधिक २८ रन बनाएकी थिइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि कृतिका मरासिनीले २ र मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन्।

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ८६ रन बनाएको थियो। नेपालका लागि अन्जली विश्वकर्माले सर्बाधिक ३३ र आश्मा पुलामी मगरले २६ रन बनाएकी थिइन्। नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। योसँगै नेपाल विश्वकपमा छनौट हुने सम्भावना भने सकिएको छ । नेपालले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक बटुलेको छ ।



प्रतिक्रिया दिनुहोस्