Logo

पर्वतारोहण संघको सदस्यमा धमलाको उम्मेदवारी



काठमाडौं, २६ जेठ । नेपाल पर्वतारोहण संघ नेपालको भोलि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामचन्द्र धमलाले सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भोलि (जेठ २७ गते) हुने पर्वतारोहण संघ नेपालको निर्वाचनको लागि धमलाले निमा नुर्बु शेर्पाको प्यानलबाट उम्मेदवारी दिने भएका हुन् ।
दुई दशक भन्दा लामो पर्वतीय पर्यटनमा लागेका धमलाले सामाजिक सञ्जालमार्फत कुशल नेतृत्वको लागि आफुलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

सदस्यको रुपमा कुशल नेतृत्व गर्ने मौका प्रदान गरिदिनेमा आफु विश्वस्त रहेको उनी बताउँछन् । धमलाले आफु निर्वाचित भएमा पद र जिम्मेवारी प्रति सदैव कटिवद्ध रहने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्