Logo

राजेश हमाल जन्मदिन मनाउन बिहानै पशुपतिमा



काठमाडौं, २६ जेठ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो परिवारसँग पशुपति मन्दिर पुगेका हुन् । उनी श्रीमती मधु हमालसँग दर्शनका लागि मन्दिर पुगेका हुन् ।

उनी सधै सामान्य तरिकाले आफ्नो जन्मदिन मनाउँदै आएका छन् । ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

नायक राजेश हमालले अभिनय गरेका चर्चित फिल्महरु ‘वसन्ती, देउता, भाउजु, युगदेखि युगसम्म’ हुन् । यी फिल्ममा उनको जीवन्त अभिनय देख्न सकिन्छ । हमालको करियरकै चर्चित सम्वाद ‘शंकर हुँ म शंकर’ सर्वाधिक सफल सम्वाद मानिन्छ ।

पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय भएका छन् । आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा उम्मेदवारी दिने उनको निकटस्थहरु बीच चर्चा सुरु भएको छ ।

नेपाली चलचित्रका सर्वाधिक सफल अभिनेता हमाललाई जन्मदिनको धेरैधेरै शुभकामना ।



प्रतिक्रिया दिनुहोस्