Logo

“६-६ महिनामा मन्त्री बदलेर के चमत्कार हुन्छ र !”



काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता शिवकुमार मण्डलले सबै मन्त्रीलाई सोलोडोलो परिवर्तन गर्ने कुरा औचित्यहीन भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले भने, “सबै सांसदलाई मन्त्री बन्ने इच्छा र रहर होला । आफू योग्य र सक्षम भन्ने लाग्ला । तर ६ ६ महिनामा मन्त्री बदल्ने कुराले चमत्कार हुने परिस्थिति छैन । अबको दुईतीन महिनामै यो चुनावी सरकार हुन्छ ।”
मन्त्रीलाई कामको मूल्यांकनका आधारमा मात्र परिवर्तन गर्नुपर्ने मण्डलले बताए । उनले भने, “आफ्नो स्वार्थलाई केन्द्रमा राखेर यहाँ विभिन्न किसिमका कुरा गरिँदै छन् । मन्त्रीका लागि मन्त्री बन्ने कुरा सही होइन । मन्त्री परिवर्तन नै मुख्य कुरा होइन, मन्त्रीहरुले जनताको काम गर्न सकेका छन् कि छैनन् भन्ने कुरा प्रमुख हो । नेकपा (एकीकृत समाजवादी) ले ६ महिनाको सर्त गरेर मन्त्री पठाएको थियो । त्यसैले परिवर्तन गर्न चाहेको होला । तर अरु दलमा काम गर्न नसक्नेको हकमा मात्र परिवर्तन उचित हुन्छ । मन्त्री परिवर्तनबाट सबथोक ठीक हुन्छ भन्ने पुरानो सोच र मानसिकतामा म छैन । पार्टीलाई आवश्यक पर्यो भने परिवर्तन गर्ने हो, परेन भने नगर्ने ।”



प्रतिक्रिया दिनुहोस्