Logo

धाकडले ९२ करोड गुमायो, बच्चन पाण्डेले १२० करोड गुमाउँदै



एजेन्सी, २६ जेठ । बलिउड स्टार अक्षय कुमार र मानुषी छिल्लर स्टारर फिल्म सम्राट पृथ्वीराज ३ जुनमा रिलिज भएको छ । ३ सय करोडको ठूलो बजेटमा निर्माण भएको यो फिल्म अहिलेसम्मको कमाईलाई हेर्दा फिल्म घाटामा जाने देखिएको छ ।

३७५० स्क्रिनमा रिलिज भए पनि फिल्मले पहिलो दिन मात्र १० करोड कमाएको थियो । फिल्मले अहिलेसम्म ५९ करोड मात्रै कलेक्सन गरेको छ । यो देखेर फिल्मलाई १०० करोड क्लबमा पुग्न पनि मुस्किल परिरहेको छ ।

सम्राट पृथ्वीराज बाहेक यो वर्ष धेरै फिल्म रिलिज भएका छन्, जसले बजेट पनि पाउन सकेका छैनन् ।पछिल्लो जानकारी अनुसार कंगना रनौता अभिनित फिल्म धाकडे ९२ करोड गुमाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्