Logo

बन्चरेडाँडामा फोहोर फाल्न गएनन् आज गाडी



काठमाडौं, २६ जेठ । काठमाडौंबाट फोहोर फाल्न आज गाडी जान सकेका छैनन् । सुरक्षाको ग्यारेन्टी नभएपछि गाडी नगएका हुन् ।
सुरक्षा व्यवस्था मिलाएर गाडी पठाउने व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

डाँडामा बसेर स्थानीयले प्रहरीलाई ढंगामुढा गरेपछि बुधबार फोहोर लिएर गएका गाडीहरु फोहोर नखसाली फर्केका थिए । हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयहरु पनि घाइते भएका छन् ।

हिजो प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका गाडी फर्काइएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्