Logo

पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो



काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।

आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्