Logo

मुम्बई पुलिसद्धारा २०० सीसीटीभी जफत, प्रहरीको १० टोलीले सलमानको धम्की पत्रको अनुसन्धान गर्दै



एजेन्सी, २६ जेठ । मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खान र उनका बुबा सलीम खानलाई आएको धम्कीपूर्ण पत्रको विषयमा तिब्र कारबाही सुरु गरेको छ ।

यस सम्बन्धमा प्रहरीले अज्ञात व्यक्तिविरुद्ध ज्यान मार्ने धम्कीको मुद्दा दर्ता गरेको छ । यससँगै सलमान खान र सलीम खानले धेरैलाई सोधपुछ गर्न थालेका छन् ।

योसँगै धम्कीको पत्र पाएको सम्बन्धमा ग्याङ्स्टर लरेन्स बिश्नोईलाई दिल्लीमा सोधपुछ गरिएको छ । यसैबीच सलमान खानले यो धम्कीलाई लिएर ठूलो बयान दिएका छन् ।

सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सलमान खानको तस्बिर सेयर गरेका छन् । यो तस्विरमा अभिनेतालाई खाना खुवाउँदै गरेको देखाइएको छ ।

सलमान खान र सलीम खानलाई धम्की आएपछि मुम्बई प्रहरी सतर्क भएको छ । यसका लागि प्रहरीले दुई सयभन्दा बढी सीसीटीभी फुटेज बरामद गरेको छ । योसँगै अभिनेतालाई धम्की दिने व्यक्तिलाई खोज्न मुम्बई प्रहरीले १० टोली पनि बनाएको छ ।

जसमा स्थानीय प्रहरीबाहेक अपराध महाशाखाको समेत संलग्नता रहेको छ । धम्की पाएपछि मुम्बई प्रहरीले सलमान खान र उनको परिवारको सुरक्षा बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्