Logo

ललितपुरमा किशोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ



काठमाडौं, २६ जेठ । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियार पक्राउ परेका छन् ।

सुनाकोठी बस्ने ओखलढुंगा गढी गाउँपालिका–३ दियालेका परियारले गत जेठ १४ गते किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्