Logo

भित्रि वस्त्रमा लुकाएर ल्याएको सुनसहित एक पक्राउ



काठमाडौं, २६ जेठ । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पुरुष पक्राउ परेका छन् ।

५१६.५ ग्राम सुनसहित कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

विमानस्थलमा यात्रु चेकजाँचको क्रममा भित्री वस्त्र भित्र लुकाएर राखिएको अवस्थामा बिस्कुट आकारको सुन ४ थान र ५० ग्रामको सिक्रि गरी उक्त मात्रामा सुन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्