Logo

शुक्रबारदेखि १२ देखि १७ वर्ष सम्मकालाई बुस्टर डोज दिइँदै



काठमाडौं, २६ जेठ । सरकारले आगामी शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिने भएको छ । १२ वर्षदेखि १७ वर्षसम्मका लागि बुस्टर डोज दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २५ गतेको निर्णयले यस्तो निर्णय गरेको हो । आगामी जेठ २७ गतेदेखि बुस्टर डोज दिने कार्यक्रम रहेको छ ।

१२ देखि १७ वर्षसम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । खोप कार्यक्रम पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सञ्चालन गरिने छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको ३ महिना हुनुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्