Logo

नविना थारु गोली काण्ड : ८ बुंदे सहमतिपछि आफन्तले बुझे शव



काठमाडौं, २६ जेठ । केही दिन अघि बर्दियामा प्रहरीको गोली लागेर मृत्यु भएकी नविना थारुको आफन्तले चार दिनपछि शव बुझेका छन् ।
मधुवन नगरपालिका–२ की ४१ वर्षीया अस्मिता थारुलाई बाघले आक्रमण गरेपछि स्थानीयहरु प्रशासनलाई ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलनमा उत्रिएका थिए ।

सोही क्रममा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले सोही वडाकी १८ वर्षीया नविना चौधरीको मृत्यु भएको थियो ।

अन्ततः बुधबार साँझ प्रशासन र थारुका आफन्तबीच तत्कालका लागि विवाद साम्य भएको हो । नविनाको शालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, सहिद घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने, क्षतिपुर्तिवापत २० लाख रुपैयाँ उपलब्ध गराउन गृहमन्त्रालयलाई अनुरोध गर्ने, मधुवन नगरपालिकाले १ लाख रुपैयाँ दिने लगायतका ८ बुंदे सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्