Logo

कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन पत्राचार



काठमाडौं, २६ जेठ । कलाकारहरुलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अतिविशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई महत्वपुर्ण व्यक्तित्वको रुपमा विदेश प्रस्थान गर्दा र फर्कदा विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गरि आवतजावत गर्न व्यवस्था मिलाउन भन्दै पर्यटनले गृहलाई पत्राचार गरेको हो ।



प्रतिक्रिया दिनुहोस्