Logo

बन्चरेडाँडाबाट पक्राउ परेका तीनजनालाई छाडियो



काठमाडौं, २६ जेठ । बन्चरेडाँडाबाट पक्राउ परेका ३ जनालाई प्रहरीले छाडेको छ। बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई बिहीबार प्रहरीले छाडेको हो ।

सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगर र स्थानीय प्रतिनिधिबीच सहमति भएपनि मंगलबार फोहोर बोकेर काठमाडौं पुगेका गाडीलाई स्थानीयले अवरोध गरेका थिए । स्थानीयले बुधबार पनि अवरोध गरेपछि केहीलाई पक्राउ समेत दिएको थियो ।

बुधबार काठमाडौंबाट २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीयले डाँडामा चढेर प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्