Logo

स्कुल जाने क्रममा डोजरले फालेको ढुंगा लागेर किशोरको मृत्यु



काठमाडौं, २६ जेठ । गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ। ढुंगाले लागेर रुकुम मुसिकोट नगरपालिका–३ का १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार विद्यालय जाने क्रममा ढुंगा लागेर गम्भिर घाइते भएका रायमाझीको उपचार गर्न गुल्मी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।

अहिले डोजर चालकलाई नियन्त्रणमा लिएको छ भने र शवलाई पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्