Logo

अमेरिकी सेनाका वरिष्ठ जर्नेल चार्ल्स काठमाडौंमा



काठमाडौं, २६ जेठ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन ४ दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै सद्रभावना भ्रमणको लागि बिहीबार चाल्स नेपाल आएका हुन् ।

भोलि शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नेछन् । प्रधानसेनापति शर्माले जनरलको सम्मानमा भोलि रात्रिभोजको आयोजना गरेका छन् ।

४ दिने भ्रमण सकेर चार्ल्स स्वेदश फर्कने कार्यक्रम रहेको छ। उनी सोलुको नाम्चे, वीरेन्द्र तालिम केन्द्र, शिवपुरीस्थित सेनाको कमाण्ड र स्टाफ कलेज भ्रमण गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्