Logo

पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड (भिडियोसहित)



एजेन्सी, २६ जेठ । पाकिस्तानमा हिन्दू मन्दिरमा तोडफोड भएको छ । अतिवादी समूहले सिन्ध प्रान्तको कराँचीस्थित मन्दिर तोडफोड गरेको द एक्सप्रेस ट्रिबुनले जनाएको छ ।

कराँचीको कोरान्गी नम्बर ५ स्थित श्री मरी माता मन्दिरमा तोडफोड भएको हो । बुधबार मन्दिरमा मात्र नभई हिन्दू पण्डितहरुको घरमा समेत तोडफोड गरिएको छ । मन्दिरको मूर्तिमा समेत क्षति पुर्याइएको छ ।

स्थानीय पण्डितको भनाई उदृत गर्दै द एक्सप्रेस ट्रिबुनले आक्रमण किन भयो भन्नेमा अनविज्ञता जनाएका छन् । घटनामा ६ जनासम्म अज्ञात व्यक्तिहरु संलग्न भएको र उनीहरु भागेको उल्लेख छ ।

पाकिस्तानमा मन्दिरहरु तारोमा पर्न थालेका छन् । त्यहाँका अल्पसंख्यक हिन्दूहरुले असुरक्षित ठान्न थालेको समाचारहरुमा उल्लेख छ । सिन्धमा हिन्दू, शिख र इशाई युवतीहरुलाई जर्बजस्ती धर्म परिवर्तन गर्न वाध्य पारिएका रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्