Logo

अमेरिकाले ताइवानलाई १२ करोड डलरको सैन्य सामाग्री बेच्ने



एजेन्सी, २६ जेठ । अमेरिकाले ताइवानलाई १२ करोड डलर बराबरको सैन्य सामाग्री बेच्ने एउटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त सामाग्रीमा सैन्य जहाजको पाटपूर्जा रहेको जनाइएको छ ।

चीनले पछिल्लो समय ताइवानको नजिक समुन्द्रमा गतिविधि बढाएपछि अमेरिकाले पनि उसलाई सैन्य सामाग्री पठाउने तयारी गरिरहेको थियो । तर, चीन अमेरिकी कदमप्रति क्रुद्ध छ । चीनले ताइवानलाई सैन्य बलबाट नियन्त्रण बनाउने धम्की दिइरहेको छ ।

गत महिना मात्र ३० चिनियाँ युद्धक विमान ताइवानको सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । अमेरिकी कँग्रेसको एक प्रतिनिधिमण्डल त्यतिबेला ताइवानको भ्रमणमा थिए ।

चीनले कुनैपनि बेला ताइवानमाथि आक्रमण गर्न सक्ने चर्चा छ । युक्रेनमाथि रुसले हमला गरेपछि त्यो सम्भावना अझ बढी औल्याइएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको छ । ताइवान भने स्वतन्त्र राज्यका रुपमा अमेरिकी र यूरोपेली देशहरुबाट मान्यता पाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्