Logo

पाकिस्तान विभाजित हुनसक्ने औल्याएका इमरान खानद्वारा इतिहासकै विशाल प्रदर्शनको चेतावनी



एजेन्सी, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशको इतिहासकै विशाल प्रदर्शनको चेतावनी दिएका छन् । उनले त्यस्तो प्रदर्शनको चाँडै मिति तोक्ने समेत बताएका छन् ।

डन पत्रिकाले खानको भनाई उदृत गर्दै भनेको छ,‘हामी वास्तविक स्वतन्त्रताको अभियानमा बढ्नेवाला छौं । केही दिनमै त्यसको मिति तोकिनेछ ।’ उनले पार्टीले वकिलहरुसँग सल्लाह गरिरहेको र कार्यकर्तालाई भने तयार रहन भनेको बताएका छन् ।

हालैमात्र इमरान खानले पाकिस्तान तीन भागमा विभाजित हुनसक्ने औल्याएका थिए । सरकार चलाउनेहरुले उचित समयमा उचित निर्णय नगरे पाकिस्तान विभाजित हुने भनेपछि तरंग आएको थियो । उनीमाथि सैनिक शासनलाई प्रोत्साहित गरिरहेको आरोप समेत छ ।

प्रधानमन्त्रीबाट हटेपछि इमरान खान अमेरिकालगायत पश्चिमा देशहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले आफूलाई हटाउन अमेरिका लागेको आरोप समेत लगाए ।

खानको हत्याको हल्ला पनि चलेको थियो । हल्लासँगै उनले प्रदर्शनलाई केही समय स्थगित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्