Logo

प्रहरीले १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि विनोद शाहीको शव परिवारले बुझे



काठमाडौं, २६ जेठ । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको शव परिवारले बुझेका छन् । परिवारले हुलाकमार्फत १३ जना विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि शव बुझेका हुन् ।

विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको मेयर अम्बिका चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पुर्ववडाध्यक्ष सज्जनबहादुर शाही लगायत १३ जना विरुद्ध किटानी जाहेरी परेको बुझिएको छ।

घटना अनुसन्धान गर्न प्रहरीको टोली पुगेसँगै शव पोस्टमार्टम गर्न सहमति भएको थियो । बेपत्ता भएको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।

मृतक विनोदको मोवाइल बाटोमा भेटिएको छ थियो भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्