Logo

फोहोर व्यवस्थापनबारे गठबन्धनका शीर्ष नेताहरु छलफलमा



काठमाडौं, २६ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुका बैठक बालुवाटारमा सुरु भएको छ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् ।

स्थानीयको सहमतिविपरित काठमाडौंको फोहोर बँचरेडाँडामा फालेपछि उत्पन्न विवाद समाधान गर्न गठबन्धन दलका शीर्षनेताहरु छलफलमा जुटेका हुन् । उपत्यकाको फाहोर करीब २ हप्तादेखि उठ्न सकेको छैन् । फोहोरले शहर नै दुर्गन्धित भएको छ।

गठबन्धन र शहरी विकास मन्त्रालयले बन्चरेडाँडा र सिसडोलवासीहरुसँग शुक्रबार छलफल गर्ने तयारी गरेको छ।

सोमबार मन्त्रालय, काठमाडौ महानगर र स्थानीयबीच सहमति भएपनि स्थानीयहरुले फोहोर विसर्जन गर्न दिएका छैनन् । दैनिक अवरोध सिर्जना गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्