Logo

मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट



काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो ।

सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए ।

कुटाकुट हुँदा जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि मन्त्री कक्षमै थिए । उनीहरुबीचको कुटाकुटले केही समय संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा तनाव भएको थियो ।

पछिल्लो समय जसपाभित्र विवाद चुलिदै गर्दा मन्त्री र सांसदबीच कुटाकुट भएको हो । मन्त्री श्रेष्ठ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट हुन् । सांसद रामबाबु यादव जसपा अध्यक्ष उपेन्द्र यादवसँग नजिक छन् ।



प्रतिक्रिया दिनुहोस्