Logo

किशोरीमाथि बलात्कारका दुई आरोपीलाई ज्युँदै जलाइयो



एजेन्सी, २६ जेठ । मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन् । बस कुरिरहेका उनीहरुले चाल चल्छन् । युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् । पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन् ।

अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा हुन्छ । युवतीले आफूमाथि ती युवकले बलात्कार गरेको आरोप लगाउँछिन् । युवतीका परिवार गाउँलेसहित मिलेर युवकहरुको घर घेर्छन् ।

भीडले दुवै युवकलाई घरबाट थुत्छ । उनीहरुलई जिउँदै आगो लगाइन्छ । घटनामा एकजनाको मृत्यु हुन्छ । अर्को घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइन्छ ।

यो घटना भारतको झारखण्डको बाँसु गाउँमा बुधबार राति भएको हो । सुनिर ओराओन नामका युवकको मृत्यु भइसकेको छ । अर्का आरोपीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । युवतीले सदर प्रहरी चौकीमा बलात्कारको आरोपपत्र दर्ता गरेकी छिन् । उनलाई स्वास्थ्य जाँचका लागि पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्