Logo

फैलँदै मनसुनी वायु, आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, जेठ २७ । नेपालमा मनसुनी वायु देशभर फैलनेक्रम बढेसंगै प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको भइरहेको छ । शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्