Logo

(भिडिओसहित)मन्त्री श्रेष्ठले मेरो कुरा इग्नोर गर्न खोजेपछि पानीको बोटल ठट्याएँ : सांसद यादव (भिडिओसहित)



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु यादवले संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात नगरेको स्पष्ट पारेका छन् । उनले आफूले मन्त्रीमािथ आक्रमण नगरेको जिकिर गरे ।

यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको समाचार बाहिरिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलाले बोलाएर यादवलाई सोधेका थिए-“तपाईँले मन्त्रीमाथि किन हातपात गर्नुभयो ? यो घट्नाको बास्तविकता बताईदिनुहोस त ?” यादवले प्रश्न खस्न नपाउँदै भने-“पहिलो कुरा त यो आक्रमण भन्ने शब्द फिर्ता लिनुहोस, मैले मन्त्रीमाथि कुनै आक्रमण गरेको होईन । जनताले मलाई जुन आयोजना छनौट गरेर दिएका थिए, मैले ती आयोजनाबारे मन्त्रीसामू पटक पटक लिखित रुपमा जाहेर गरेको थिएँ, तर बजेट बुकमा मैले मैले एउटा पनि योजना देखेको थिईनँ, मैले यो फोनमा नै मन्त्रीज्यूसँग जाहेर गरेको थिएँ, उहाँले दिएको समयअनुसार म उहाँलाई भेट्न हिजो मन्त्रालय गएको थिएँ, मैले तपाईँको मन्त्रालय र तपाईँ मसँग किन पूवाग्रही हुनुभयो ? मेरो कुरा नसुकेको कारण मैले म बसेको सोफाको टेबुल ठट्याएर कुरा गरेको हुँ, मेरा कुरा सुन्न उहाँले ईग्नोर गर्नुभयो, त्यसैले मैले पानीको बोटलले ठट्याएँ ।”

यद्धपी उनले आफूले बोटलले नहिर्काएको जिकिर गरे । उनले आफूले मन्त्री र आफ्नो चरित्रमाथि आँच आउनेगरि कुनै काम नगरेको स्पष्ट पारे । उनले आफूले समय लिएर भेटन गएको र आफ्नो कुरा सुनाउनको लागि यस्तो हर्कत गरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्