Logo

चिनियाँ राष्ट्रपतिसामु शिक्षित बेरोजगार व्यवस्थापन बन्यो चुनौती



एजेन्सी, २७ जेठ । चीनमा शैक्षिक बेरोजगार ठूलो समस्या बन्न थालेको छ । हरेक वर्ष एक करोडभन्दा बढी स्नातक उत्तीर्ण जनशक्ति उत्पादन हुन थालेका छन् । तर, उनीहरुसामु रोजगारीको समस्या बढेको छ ।

यस वर्ष मात्र १ करोड ७ लाख ६० हजार स्नातक उत्तीर्ण गर्ने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा बढी हो । चीनमा स्नातक उत्तीर्ण गर्ने बढेपनि रोजगारीको अवसर घट्न थालेको छ । जसका कारण विश्विद्यालय र कलेजहरुमा प्रदर्शन हुन थालेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङका लागि शैक्षिक बेरोजगारको समस्या चुनौती बनेको छ । उनले सिचुवान प्रान्तको भ्रमणका क्रममा स्नातक गरेकाहरु ठूलो संख्यामा रोजगारीको बजारमा आउने भन्दै त्यसको ख्याल राखिने बताए । उनले बढीभन्दा बढी रोजगारीको अवसर सृजना गरिने समेत बताए ।

सिचुवान रोजगारीको अवसर भएको महत्वपूर्ण ठाउँ भएको ग्लोबल टाइम्सले लेखेको छ । तर, शहरी क्षेत्रमा शिक्षित जनशक्ति उत्पादन बढ्दै गएपनि रोजगारीको अवसर बढ्न सकेको छैन । यसले ठूलो संकट आउनसक्ने देखिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्