Logo

काठमाडौंमा ३० तलासम्मको भवन बनाउन दिनेगरि मन्त्री झाँक्रीद्धारा मन्त्रिपरिषद्मा प्रस्ताव टेबुल



काठमाडौं, २७ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रीबाट बिदा हुनै लाग्दाखेरि विभिन्न दीर्घकालिन असर पर्ने खालका निर्णय गर्न थालेकी छिन् । उनले काठमाडौं उपत्यकामा ३० तलासम्मको भवन बनाउन दिनेगरि प्रस्ताव गरेकी छिन् । हालै बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो प्रस्ताव लगेको खुल्न आएको छ । उनले भवन निर्माण आचारसंहिता संशोधन गर्दै यस्तो प्रस्ताव लगेको बताईएको छ ।

यसअघि २०७३ सालमा भवन निर्माण आचारसंहिता आएको थियो । उक्त आचारसंहितालाई संशोधन गरिएको बुझिएको छ । काठमाडौं उपत्यकामा ठूला गगनचुम्बी भवन बनाउन नहुने विज्ञहरुको सुझाव छ । खासगरी काठमाडौं उपत्कायमा भूकम्पको जोखिम भएकोले सोहीअनुसार भवन बनाउनुपर्ने हो ।

तर, मन्त्री झाँक्रीले भने यस्तो जोखिमको कुनै प्रवाह नगरी ३० तलासम्मको भवन बनाउन मिल्नेगरि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको खुलेको छ । पार्टीले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा दिर्घकालिन असर पार्ने खालका निर्णय गर्न खोज्नु गलत हुने भन्दै प्रश्न पनि उठ्न थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्